डा.बाबुराम भट्टराईद्वारा बृद्धभत्ता नलिने घोषणा

सारांश :

पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताएका छन् । सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो । त्यस्तै उनले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताएका छन् । त्यस्तै उनले बजे आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर गरेका छन् । वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उनको भनाई छ ।

त्यस्तै एमाले नेता खगराज अधिकारीले बजेटमा विश्वसनियता नरहेको र कायानर््वयन गर्न नल्याएको तर्क गरे । बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसकेको उनको भनाई छ । बजेटमार्फत स्वास्थ्य वीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उनले बताए ।

अधिकारीले आर्थिक उत्पादन तथा भुक्तानी सन्तुलनमा समेत बजेटले सम्बोधन गर्न नसकेको जिकिर गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!