‘बाटो : रोड टु डेथ’ को ट्रेलर सार्वजनिक

सारांश :

काठमाडौँ : ‘बाटो : रोड टु डेथ’ फिल्मको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौं फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाले गरेका हुन् । शरण ऋषिले छायांकन गरेको फिल्मको निर्माता चन्दन झा हुन् । कार्यकारी निर्मातामा रन्धीरकुमार झा र अश्विनी घिमिरे छन् । 

दक्षिण भारतीय टिमले निर्माण गरेको फिल्मको ट्रेलरमा साउथकै शैली देख्न सकिन्छ । फिल्मको ट्रेलरमा साइकोटिक कल्ट ग्याङ देखाइएको भए पनि मुख्य कथावस्तु खुलाइएको छैन । फिल्मको हाल भारतको चेन्नाईमा प्राविधिक कार्य भइरहेको निर्माण पक्षले जनाएको छ । यो नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै चार भाषामा तयार गरिएको जनाइएको छ ।

चलचित्रमा मिथिला शर्मा, अशान्त शर्मा, पशुपति राई, उत्पल झा, रक्षा थापा, सुलक्क्षण भारती, विजय आनन्द ताम्राकार, राजेन थापा, आभाष अधिकारी, गणेश उपाध्याय, किरण शाहीलगायत कलाकारले अभिनय गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!