क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव

सारांश :

सिमकोट ।  जिल्लाको सिमकोट गाउँपालिका–८ स्याडाका १० वर्षीय क्यान्सरपीडित बालकलाई उपचारमा आर्थिक अभाव भएको छ ।

दीपेश बुढा मस्तिष्क क्यान्सर (ब्रेन ट्युमर) ले ग्रसित हुँदा उपचारका लागि आर्थिक अभाव भएको आफन्तले बताउने गरेका छन् । चिकित्सकका अनुसार क्यान्सरबाट पीडित छोराको शल्यक्रिया गर्नुपर्ने भए पनि आर्थिक अभावले समस्या भएको बुबा बलबहादुर बुढाले गुनासो   पोखे । छोरालाई शल्यक्रिया गर्न काठमाडौँ पु¥याइएको जनाउँदै रकम जुटाउन नसक्दा शल्यक्रिया नभएको उनले बताए ।

छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गरेका सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए । बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे ।

आइतबारदेखि सहयोग सङ्कलन थालिएको बताउँदै वडाध्यक्ष बुढाले हिजो पहिलो दिन रु ४३ हजार १५ सङ्कलन भएको जानकारी दिए । “क्यान्सरपीडित बालकलाई सहयोग गर्न बालकका नाममा रहेको वाणिज्य बैङ्कको खाता नम्बर ४१९०१०००००५६८११८ मार्फत सहयोग गर्न सकिन्छ”, उनले भने ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!