जापानमा छुरा प्रहारबाट तीन जनाको मृत्यु

सारांश :

टोकियो । मध्य जापानको शिजुओका प्रान्तमा आइतबार छुरा प्रहारबाट एकै परिवारका तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

जिजी प्रेसका अनुसार स्थानीय समयअनुसार आइतबार दिउँसो २ः२५ बजे प्रहरीलाई किकुगावा शहरको आवासीय क्षेत्रमा रहेको एक घरमा एक व्यक्ति अस्वभाविकरूपमा दौडिरहेको सूचना प्राप्त भएको थियो ।

प्रहरी अधिकारीहरूले उक्त घरमा पुग्दा ८७ वर्षीय शोइची शिबुया, उनकी श्रीमती ८१ वर्षीया इकुको र उनीहरूकी ५२ वर्षीया छोरी रुमिको छुरा प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थिए भने उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएपनि अस्पतालले मृत घोषणा गरेको थियो ।

मृतकका नातेदार मानिएका २० वर्षीय एक व्यक्ति फरार रहेको र हत्याको आशङ्कामा उक्त व्यक्तिलाई पक्राउ गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

शिजुओका प्रिफेक्चुरल प्रहरीका अनुसार घटनास्थलमा एउटा चक्कु फेला परेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!