नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका झण्डै ३५ जना उम्मेद्वार निर्विरोध निर्वाचित भइसकेको दावी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगाएतका केहि सदस्यहरुगरि झण्डै ३५ जना निर्विरोध निर्वाचित भइसकेको दावी गरेका हुन् । अध्यक्ष नेपालले यस्तै बिजयी सुरुवात यसअघि राष्ट्रियसभाबाट पनि भएको भन्दै अन्य निर्वाचनमा पनि पार्टीको बिजय सुनिश्चित रहेको उनले बताए । अध्यक्ष नेपालले निर्वाचनबाट आउन परिणामलाई स्वीकार गर्न सबै तयार हुनुपर्ने जिकिर गरेका छन् । उनले उम्मेदवार चयनका बिषयमा देखिएका बिषयमा गठबन्धनभित्र समिक्षा हुने पनि बताएका छन् ।
कार्यक्रममा नेकपा एककिृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकता घोषणा गरिएको थियो ।
सम्बन्धित समाचारहरु:
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमणमा
भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फ पहिलो जित
काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलनमा जान्छौ -नेपाल स्वतन्त्र सडक व्यापा...
चोभारकाे आदिनाथमा आजदेखि एकमहिने मेला सुरु
नेपाली जनता दलको छैटौँ महाधिवेशन भदौ पहिलो साता
सञ्चारमन्त्री शर्मा सरकारको प्रवक्तामा