आज पनि काठमाडौंको बालुवाटारमा रास्वपाको प्रदर्शन

सारांश :

काठमाडौँ । आफ्ना पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार काठमाडौंको बालुवाटार नजिक विरोध प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरीको हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा रास्वपाले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार नजिक निषेधित क्षेत्र बाहिर विरोध प्रदर्शन गरेको हो ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ । राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ ।

प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए ।

उनले हिरासतबाहिर राखेर पनि अनुसन्धान गर्न सकिने भएकाले तत्काल थुनामुक्त गर्न आग्रह समेत गरे । अर्यालले अदालतले दिने आदेशलाई रास्वपाले सम्मान नै गर्ने उल्लेख गरे ।

आफुहरुको आन्दोलन शान्तिपूर्ण भएकाले धरपकट नगर्न उहाले आग्रह समेत गर्नुभयो । यसैबीच रास्वपाले शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने क्रममा आफ्ना ५० भन्दा बढि नेता तथा कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको दावी गरेको छ ।

कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!