पोखरामा विद्यालयको बस दुर्घटनामा आमा–छोराको मृत्यु

सारांश :

कास्की । कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका   छन् ।

पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो । सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।  

दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!