इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्यमा गिरावट

सारांश :

एजेन्सी ।  इजरायलले शनिबार इरानका सैन्य लक्ष्यहरूमा गरेको आक्रमणले देशको तेल संरचनाहरूलाई बचाएपछि सोमबार एसियाली कारोबारको सुरुआतमै तेलको मूल्यमा गिरावट आएको छ ।


इरानी तेल संरचनाहरूमा इजरायली आक्रमण नभएपछि व्यापारीहरूले राहत महसुस गरेसँगै तेलको मूल्यमा गिरावट आएको हो । डिसेम्बर डेलिभरीका लागि नर्थ सी ब्रेन्टको मूल्य चार दशमलव शून्य पाँच प्रतिशतले घटेर प्रतिब्यारेल चार सय ७२ दशमलव ९७ डलरमा झरेको छ । वेस्ट टेक्सास इन्टरमिडिएट चार दशमलव १९ प्रतिशतले घटेर चार सय ६८ दशमलव ७७ डलर कायम भएको छ।

इजरायलले सप्ताहन्तमा इरानका विभिन्न प्रान्तमा रहेका क्षेप्यास्त्र कारखाना र सैन्य सुविधाहरूमा आक्रमण गरेको बताएको छ। “इजरायलको आक्रमणले ऊर्जा स्थलहरूलाई सावधानीपूर्वक बचाउँदै इरानसँगको पूर्ण युद्धको डरलाई कम गरेको छ”, एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इन्नेसले भन्नुभयो, “अझ धेरै स्पष्ट प्रतिक्रिया इरानको छ । आफ्ना चेतावनीहरूले इजरायलको कुनै पनि आक्रामक कारबाहीलाई रोक्न सक्छ भन्दै इरानले आक्रमणको प्रभावलाई कम आँकलन गरेको छ । यसले आगामी दिनहरूमा तेलको जोखिम प्रिमियममा सम्भावित निरन्तर घटाउने अवस्था सिर्जना गर्दछ।”

उहाँका अनुसार तनाव थप कम भएमा मूल्यमा गिरावट जारी रहन सक्छ । व्यापारीहरूले सन् २०२५ को आपूर्ति बढीको सम्भावनामा ध्यान केन्द्रित गरिरहेकाले सम्भवतः प्रतिब्यारेल चार सय ६० डलरसम्म झर्न सक्छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!