सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको बैठकले पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसंग भएको तालमेल तत्काल खारेज गर्ने र तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल कारवाही गर्ने निर्णय गरेको हो ।
त्यस्तै गठबन्धनबीच भएको सहमति बिपरित बिभिन्न दलका प्रतिनिधिहरु स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरिएको छ । बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगर र ११ उपमहानगका प्रमुख र उपप्रमुख पदमा भएको सहमति बिपरित गठबन्धन दलबाट भएका उम्मेद्वारीहरु तत्काल फिर्ता लिने निर्णय गरेको छ ।
सम्बन्धित समाचारहरु:
जयपृथ्वी राजमार्ग अवरूद्ध
बाढीपहिरोका कारण काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने
अध्यक्ष नेपालले भने : संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ
राष्ट्रियसभाकाे बैठक आज बस्दै, यस्ताे छ कार्यसूची
कसैले तर्साउदैमा जनता तर्सिदैनन् -अध्यक्ष केपी शर्मा ओली