सत्तारुढ गठबन्धनले अन्य दलहरुसंग भएको चूनावी तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको बैठकले पाँच दलीय गठबन्धन भन्दा बाहिर अन्य दलहरुसंग भएको तालमेल तत्काल खारेज गर्ने र तालमेल खारेज नगरे सम्बन्धीत दलले तत्काल कारवाही गर्ने निर्णय गरेको हो ।
त्यस्तै गठबन्धनबीच भएको सहमति बिपरित बिभिन्न दलका प्रतिनिधिहरु स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरिएको छ । बैठकले पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगर र ११ उपमहानगका प्रमुख र उपप्रमुख पदमा भएको सहमति बिपरित गठबन्धन दलबाट भएका उम्मेद्वारीहरु तत्काल फिर्ता लिने निर्णय गरेको छ ।
सम्बन्धित समाचारहरु:
अमेरिकी उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमणमा
देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै
एकीकृत समाजवादीका केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने
लोकतन्त्र बचाउन लाग्दा मधेसको शिक्षा र स्वास्थ्य ध्वस्त भयाे : पूर्वराष्ट्रपति य...
अदालतद्धारा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश
बाजुराको खापरमा आगलागी, तीन घर नष्ट