चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

सारांश :

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिड्ने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता टोली हो । यो टोली इटहरी गोल्डकपको अघिल्लो संस्करणको उपविजेता हो ।

चर्च ब्वाइजका लागि समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ८९ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार हात पारेका छन् । उपाधिका निम्ति शनिबार चर्च ब्वाइज र आर्मीबीच स्पर्धा हुनेछ ।

गत बुधबार राति त्रिभुवन आर्मी साबिक विजेता मोरङको सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल जित्नेलाई नगद १० लाख र उपविजेतालाई पाँच लाख प्रदान गरिनेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!