नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्र र उम्मेदवारबारे खुला बहस गर्न तयार रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले कसैले बहस गर्न चाहे घोषणापत्रमा बहस गर्न एमाले तयार रहेको बताएका छन् । उनले आफूलाई ट्युसन पढाउँछु भन्ने कांग्रेस महामन्त्री थापालाई पहिला बिद्यार्थीहरुसंग बहस गर्न चूनौती दिएका छन् । ओलीले आगामी निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने पनि बताएका छन् । उनले पाँच दलीय गठबन्धनलाई लूतोको संज्ञा दिदैे बैशाख ३० गते जनताले लुतो फाल्नुपर्ने उल्लेख गरेका छन् । उनले काठमाडौंमा एमालेको जित सुनिश्चित रहेको भन्दै गठबन्धनका कारण जनतामा त्रास बढेको तर्क गरे । कांग्रेस र माओवादीले श्रीमती र छोरीलाई उम्मेदवार बनाएर महिला उम्मेदवारको बनाएको दावी गर्दै हिडेको उहाको भनाई छ । उनले स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको बताए । ओलीले महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी एमाले मात्रै भएको पनि बताए ।
ओलीले एमालेले घोषणापत्रमा राखेका बिषयहरुलाई जनतामाझ उजागर गर्न पनि निर्देशन दिनुभयो । एमाले सरकारले गरेका राम्रा कामलाई अहिलेको सरकारले अवरोध सिर्जना गर्न खोजेको उनले बताएका छन् ।