नेपाल मजदुर किसान पार्टीद्वारा घोषणा पत्र सार्वजनिक

सारांश :

नेपाल मजदुर किसान पार्टीले स्थानीय तह केन्द्रीत घोषणा पत्र सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत क्षेत्रमा गर्ने काम समेटेर घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा अमेरिका र अमेरिकी आर्थिक परियोजना एमसीसीको विरोध गर्दै यसलाई पारित गराउन खोज्ने दलको आलोचना गरेको छ । स्थानीय तहको निर्वाचन घोषणापत्र–२०७४ मा अन्य दलहरूले समावेश गरेका युवा उद्यम कोष, कृषिमा उद्यमशीलता, सहकारी संस्थामार्फत गरिबी निवारण, माध्यमिक तहसम्म पूर्ण निःशुल्क र अनिवार्य शिक्षा जस्ता बिषयलाई पुरा गर्न नसकेकाले अव नेमकिपाले त्यसलाई अघि बढाउने नेता प्रेम सुवालले बताए । जनसङ्ख्याको चाप बढ्दै आउँदा वाहनअनुसारको सडक, ऐननियम र त्यसलाई कार्यान्वयन गर्न नगर प्रहरीको बन्दोवस्त गर्न नेमकिपाले जोड दिएको उनले बताएका छन् ।

पत्रकार सम्मेलनमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले कम्युनिष्ट र समाजवाद भन्ने दलहरुले मुलुकलाई ध्वस्त पारेको आरोप लगाए । उनले नेमकिपाले मुलुक हितको बिपरित काम गर्नेको बिरुद्ध सदैव आवाज उठाउने धारणा राखेका छन् ।

यसअघि नेमकिपाबाट निर्वाचित प्रतिनिधिहरूले आर्थिक अनुशासनको पालना गरे र वडा बजेटबाट जनताको सहभागितासहित पारदर्शी ढङ्गले विकास निर्माण कार्य गरको दावी पनि गरिका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!