भाइको सट्टामा परिक्षा दिने दाई प्रहरीको नियन्त्रणमा

सारांश :

दैलेख । दैलेखको त्रिभुवन माध्यमिक विद्यालय नयाँ बजारको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामान नक्कली परीक्षार्थी फेला परेका छन् ।

गैडाबाज माध्यमिक विद्यालय काडाँसिरौलाका नियमित परीक्षार्थी भाइ सुनिल जैसीको सट्टामा परीक्षा दिन परीक्षा केन्द्रमा पुगेका १७ वर्षीय प्रेम न्यौपाने पक्राउ परेका हुन् । नक्कली परीक्षार्थी न्यौपानेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको केन्द्राध्यक्ष निरक तारामीले जानकारी दिएका छन् । भाइको सट्टामा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा दिन आएका न्यौपानेको प्रवेशपत्रमा हस्ताक्षर र छाप फरक भएको भेटिएपछि परीक्षा सुरु भएको १५ मिनेटमै परीक्षाबाट निष्काशन गरी कारबाहीका लागि प्रहरीको जिम्मा लगाएको तारामीले बताए ।

उनले भने,, ‘भाइको लागि नक्कली परीक्षार्थी बनेका आरोपित बालक सदरमुकामको त्रिभुवन मावि दैलेख बजारमा कक्षा १२ का विद्यार्थी हुन् । शिक्षा विकास तथा समन्वय एकाइ दैलेखका निमित्त प्रमुख रतन विष्टले मुलुकी अपराध संंहिता २०७४ र राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार अरू कसैको नाममा परीक्षा दिएको पाइएमा परीक्षार्थीलाई दुई वर्षसम्म त्यो तहको परीक्षा दिन नपाउने दुई वर्षसम्म कैद हुनसक्ने कानुनी व्यवस्था रहेको जानकारी दिए । उनले जिल्लाभर २५ परीक्षाकेन्द्र भएको र पाँच हजार २५७ परीक्षार्थी रहेको जानकारी दिए । पहिलो दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको उनको भनाइ छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!