काठमाडौं । नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ ।
उनलाई सन् २००२ मा मनोविज्ञान र अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो । कान्हेम्यानले लेखेको पुस्तक ‘थिन्किङ, फास्ट एन्ड स्लो’ ले सर्वाधिक बिक्रीको रेकर्ड बनाएको थियो । उक्त पुस्तकमा उनले मानिसको व्यवहार खासगरी उनीहरुको निर्णय–निर्माण प्रक्रियासँग अन्तरनिहीत रहने बताएका थिए ।
इजरायली–अमेरिकी नागरिक कान्हेम्यान पछिल्ला दिनसम्म अमेरिकाको प्रिन्स्टिन युनिभर्सिटीमा प्राध्यापक रहेका थिए ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts