सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

सारांश :

धनगढी । विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले जिम्मेवारी तोकेका छन् ।

फागुन २५ गते विना विभागीय मन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका सांसद खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र २८ गते नियुक्त भएका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

उनीहरूले आज ११ बजेबाट कार्यभार सम्हालेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को सचिवालयले जानकारी दिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरे पनि संसदीय दलको बैठकले शाहलाई नै समर्थन गर्ने निर्णय गरेको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!