सिर्जना सिंहद्वारा महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक

सारांश :

बैशाख-१५ काठमाडौँ – काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिनुभएका कांग्रेस नेतृ सिर्जना सिंहले महानगरलाई सुरक्षित बनाउने योजनासहितको सङ्कल्पपत्र सार्वजनिक गरेकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सिंहले सेवा सुशासन, स्वास्थ्य शिक्षा सामाजिक सुरक्षा, स्वच्छ सफा दिगो पर्यावरण, सुरक्षित शहर, संस्कृति सम्पदा सभ्यता, सबल समुन्नत पूर्वाधार र सबल युवा स्वावलम्बी महिला सृजनशील महानगरबासी समेटिएको सङ्कल्पपत्र सार्वजनिक गरेकी हुन् । उपत्यकालाई महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गरिने उनले बताएकी छिन् । त्यस्तै उहाले ठूला गफ नभई स–साना कुरा गरेर काठमाडौंलाई बदल्न सकिने र यसमा ध्यान जाने उल्लेख गरिन् ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंमा स्वास्थ्य, यातायात, महिलाको बारेमा काम गर्ने मेयर चाहिएको बताइन् । उनले कांग्रेसले महानगरको नेतृत्व लिन नसक्दा काठमाडौंमा देखिएको अस्तव्यस्तता देखिएको भन्दै अब महानगरमा कांग्रेसको नेतृत्वको आवश्यकता रहेको बताइन् । थापाले यसपटक राजधानीको मेयरको ठाउँमा महिला मेयर ल्याउने आँट र साहस देखाउन आग्रह गरिन् ।

त्यस्तै प्रवक्ता डा प्रकाशशरण महतले काम गर्ने पार्टी कांग्रेस नै भएको भन्दै अव पालीकाहरुमा कांग्रेसलाई अवसर दिनुपर्ने बताइन् ।

कांग्रेसका नेता भीमसेनदास प्रधानले गठबन्धनमा मत कुनै तलमाथि भए मुलुकमा द्वन्द्वको सिर्जना हुने बताएकी छिन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!