यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

सारांश :

बैतडी । प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार तेस्रो जित निकाल्दै  समूह ‘ए’ को  विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा बिहीबार  सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।  

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद् (राखेप) कभर्ड हलमा   सम्पन्न  खेलमा सुदूरपश्चिमले २५–२१, २५–१३, २५–१४ ले तीनै सेट आफ्नो पक्षमा पार्यो । लगातार तेस्रो जितसँगै समूह ‘ए’ को सुदूरपश्चिमले तीन खेलमा नौ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको बागमती पनि समान खेलबाट ६ अङ्कका साथ उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।

अब सेमिफाइनलमा सुदूरपश्चिमले  आज गण्डकी र बागमतीले लुम्बिनीको सामना गर्नेछन् । टीम ब्यालेन्स र बलियो रहेकोले उपाधि जित्ने लक्ष्य रहेको  सुदूरपश्चिमका प्रशिक्षक दीपेन्द्र भट्टको दाबी छ । प्रतियोगितामा देशका सबै प्रदेशका टोलीको सहभागिता रहेको छ । प्रथम हुने टोलीले तीन लाख नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!