आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ, अन्यको कति ?

सारांश :

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलर र मलेसियन रिंगिटको भाउ बढेको छ ।

साताको पहिलो कारोबार दिन आज १ अस्ट्रेलियन डलरको खरिद दर ८६.९७ रुपियाँ र बिक्री दर ८७.३७ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार (शुक्रबार) भने खरिद ८६.९० रुपियाँ र बिक्री ८७.२९ रुपियाँ थियो ।

त्यस्तै शुक्रबार मलेसियन रिंगिट १ को खरिद मूल्य २७.८४ रुपियाँ र बिक्री मूल्य २७.९७ रुपियाँ रहेकामा आज भने खरिद २७.९१ रुपियाँ र बिक्री २८.०३ रहेको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ पनि बढेको छ । चिनियाँ युआन, कतारी रियाल भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!