बढ्यो सुनको मूल्य

सारांश :

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार एक सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।

बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार पाँच सय १० निर्धारण गरिएको छ । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!