काठमाडौं : सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ।

आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ।
दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि बस्न लागेको बताइएको छ। सोमवारको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको छलफलले गठबन्धनको आज अपराह्न ४ बजे बस्ने बैठक तय गरेको थियो।
सम्बन्धित समाचारहरु:
निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री
आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैनन् - एमालेका महासचिव शंकर पोखर...
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त
धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
बिपीन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँः परराष्ट्रमन्त्री डा राणा
हामी बिरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन्ः अध्यक्ष नेपाल