प्रचण्ड र रवि लामिछाने बीच फोन वार्ता

सारांश :

काठमाडौँ : उपनिर्वाचनमा सत्तारूढ ठूला दलका उम्मेदवार हराउँदै चितवन–२ र तनहुँ–१ जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारले उपेक्षा गरेर अघि बढ्न सक्ने संकेत देखिदैन ।

चितवनमा निर्वाचन जितेपछि रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन नै फिर्ता लिन सक्ने अभिब्यक्ती दिएका थिए । लगत्तै प्रधानमन्त्री दाहालले यसबारे लामिछानेसँग टेलिफोन संवाद गरेका थिए । बालुवाटार श्रोतले जानकारी दिदै, प्रधानमन्त्री दाहाल र  लामिछानेसँग टेलिफोन संवाद हुँदा  प्रधानमन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे तपाईंले बोलेको कुरा के हो भनेर सोध्नुभएको थियो । रविजीले समर्थन फिर्ता लिँदैनौं, हामी गठबन्धनमा छौं भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले सके सम्म रास्वपालाई सरकारमा फर्काएर ल्याउने मनस्थितिमा छन् । तर, सरकारमा सहभागी हुने विषयमा रास्वपाका मुख्य तीन चासो देखिन्छन । लामिछाने निकट एक नेताका अनुसार रास्वपाले दाहाल नेतृत्वको सरकारको निरन्तरता के हुने हो भन्ने सुनिश्चितता खोजिरहेको छ । ‘सरकार दुई वर्षजति टिक्छ भन्ने राजनीतिक आधार भए जाने वातावरण बन्ला । हामी जाने सरकार नटिक्ने अवस्था आयो भने त्यसले राम्रो गर्दैन । यसमाथि हाम्रो नजर छ,’ ती नेताले भने । सरकारको न्यूनतम साझा कार्यक्रम पुनर्लेखन र पुरानै मन्त्रालय पाए सरकारमा जान सकिने रास्वपा नेताहरूको संकेत छ । सरकारबाट बाहिरिनुअघि रास्वपाले उपप्रधानसहित गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय लिएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

>
Share This

Share This

Share this post with your friends!