काठमाडौं : बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने झाको दाबी
एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो - अध्यक्ष केपी शर्मा ओली
एनआरएनए ‘ग्लोबल’ सम्मेलन आजदेखि काठमाडौँमा सुरु हुने
स्थानीय तहको निर्वाचन कुनै हालतमा सर्दैन - अध्यक्ष पुष्पकमल दाहाल
सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत प्रहरीको नियन्त्रणमा