जाजरकोट — आइतबार बिहान दुई बजे कुदु बराहचौकनजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्री बस भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो ।
जाजरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई प्रहरीले आफ्नै दुई वटा गाडीमा र अन्य बसमा उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा ल्याएको डिएसपी थापाले बताए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाई भएको उनले बताए ।
सम्बन्धित समाचारहरु:
अस्पतालको तीन तले झ्यालबाट खसेका बिरामीको मृत्यु
आज बिहीवार कस्तो रहनेछ तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने
आज साउने पन्ध्र पर्व मनाइँदै
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुदा ४ महिने बालकको मृत्यु
काभ्रेपलाञ्चोकमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ७७ पुग्यो