तान्जानियामा भएकाे मुसलधारे वर्षाका कारण आएको बाढीबाट १ सय ५५ जनाको मृत्यु

सारांश :

एजेन्सी । तान्जानियामा भएकाे मुसलधारे वर्षाका कारण आएको बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ भने २३६ जना घाइते भएका छन् ।  

प्रधानमन्त्री कासिम मजलिवाका अनुसार तान्जानियाका २६ मध्ये १४ वटा क्षेत्रमा आँधी आएको र बाढीले २ लाख मानिसहरूलाई असर गरेको छ । यस्तै १० हजार घरमा क्षति पुगेको उनले जानकारी दिए । विद्यालयको पूर्वाधार, खेतबारी, सडक, पुल, स्वास्थ्य संस्था र पशुपंक्षी बाढीबाट प्रभावित भएका छन् ।

सरकारले बाढीबाट गम्भीररूपमा प्रभावित क्षेत्रमा विद्यालय बन्द गर्ने आदेश जस्ता थप प्रकोपकारी अवस्थाहरू रोक्नका लागि कदम चालेको छ । तान्जानिया राष्ट्रिय सडक एजेन्सी, तान्जानिया ग्रामीण र शहरी सडक एजेन्सी र तान्जानिया रेलवे कर्पोरेसनलाई तुरुन्तै मर्मतसम्भारका लागि क्षतिग्रस्त सडक र रेलमार्गहरूको तत्काल मूल्याङ्कन गर्न आदेश दिइएको छ । तान्जानिया मौसम विज्ञान प्राधिकरणका अनुसार एल-निनो अवस्थाबाट प्रभावित भारी वर्षा मे महिनासम्म रहने अपेक्षा गरिएको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!