ट्राफिक प्रहरीद्वारा तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन

सारांश :

बागमती । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ३५ हजार ८५ सवारीसाधनका चालकबाट दुई करोड ७९ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

पूर्वपश्चिम राजमार्गमा जडान गरिएको सिसीटिभी र राडरगनबाट सवारीसाधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले गत साउनदेखि असोजसम्ममा उक्त रकम सङ्कलन गरेको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैबीच, उक्त अवधिमा बागमती प्रदेशका १० जिल्लामा भएका तीन सय ९७ सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको तथा एक हजार तीन जना घाइते भएका थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!