साफ महिला च्याम्पियनसिपमा आज नेपाल र भारतबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदै

सारांश :

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेल आज हुँदैछन् । सेमिफाइनलमा बङ्गलादेश र भुटान तथा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो साढे १ बजे सुरु हुने खेलमा साविक विजेता बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दोस्रो सेमिफाइनमा नेपाल र भारतबीचको खेल साँझ साढे ६ बजे सुरु हुने भएकाे छ ।

समूह ‘ए’ बाट बङ्गलादेश र भारत तथा समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन् । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!