ओलीले दिए प्रचण्डलाई यस्तो जवाफः आफूहरुले हतियार नचलाए बिसाउन लगाउन आउँछ

सारांश :

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको बताएका छन् ।

आइतबार काठमाडौंमा गैह्रआवासीय नेपाल सङ्घ (एआरएन) द्वारा आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेकाले ‘हतियार बिसाएका मात्रै हौँ’ भनेर कुनै धम्की नदिन प्रचण्डलाई सुझाव समेत दिए ।

शनिबार काठमाडौंमा आयोजित खवरदारी सभामा प्रचण्डले हतियार मात्रै बिसाएको र चलाउन भने नबिर्सिएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको जवाफ दिदै प्रधानमन्त्री ओलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए ।

त्यस्तै प्रधानमन्त्री ओलीले बितेका केहि बर्षहरुमा संघको छवि कमजोर हुँदै गएको भन्दै संघलाई गैर आवासीयहरुको साझा संस्था बनाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुने जिकिर गरे ।

संघलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न उहाले आग्रह गरे । उनले सरकारको तर्फबाट सङ्घलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न समेत सुझाव दिए ।

उनले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने धारणा राखे । प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याईँ नगर्ने पनि स्पष्ट गरे ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!