पेस्तोलसहित काठमाडौँकाे रानीवनबाट एक युवा पक्राउ

सारांश :

काठमाडौँ । पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउँदै हिँड्ने एक युवा काठमाडौँको रानीवनबाट पक्राउ परेका छन् ।

काठमाडौँको नागर्जुन नगरपालिका–१ नमूना टोलमा पेस्तोल देखाएर त्रसित बनाउँदै हिँडेको भन्ने सूचनाका आधारमा प्रहरीले दैलेखको भगवतीमाई गाउँपालिका–७ घर भई सोही स्थानमा बस्ने २५ वर्षका अनिल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले निजको कोठा खानतलासी गरी पेस्तोल र खाली म्यागजिन एक थान बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए । पक्राउ परेका खड्कामाथि प्रहरी बृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको  छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!