महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने झाको दाबी

सारांश :

काठमाण्डौ । सांसद मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने दाबी गरेका छन् ।

हिजो बुधबार पार्टीको वस्तुस्थितिबारे बुझ्न गरिएको ‘समीक्षा यात्रा’को प्रतिवेदन बुझाएपछि रास्वपाका महामन्त्री ढकालमाथि कारबाही अघि बढाउने तयारी भएको समाचार सार्वजनिक भएको थियो । आफूमाथि कारबाही हुन सक्ने ढकाल आफैँले बताइरहँदा पार्टीको एउटा समूह उनलाई जिम्मेवारीबाट हटाउन लागि परेका छन् ।

सांसद झाले सार्वजनिक समाचार गलत भएको दाबीसमेत गरेका छन् । उनले पार्टीमा बहस स्वभाविक हुने बताउँदै कारबाही नहुने उल्लेख गरेका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!