एसईई–२०८० को नतिजा प्रकाशित

सारांश :

काठमाडौं । यस वर्षकाे माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अघि नतिजा प्रकाशित गरेकाे हाे ।

बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशतले मात्रै कक्षा ११ मा भर्ना हुन पाउनेछन् । करिब ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ (एनजी) भएका छन् ।

१८६ जनाले ४ जीपीए ल्याएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षामा सहभागी भएका मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिएको छ । बोर्डले यसपटकदेखि नयाँ लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो ।

गत चैत १५ गतेदेखि २७ गतेसम्म भएको परीक्षामा नियमिततर्फ चार लाख ६४ हजार सात सय ८५ जना र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!