काठमाडौं । समाचार एजेन्सी रोयटर्सका अनुसार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको पक्राउबारे अमेरिकाले टिप्पणी गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मुख्यमन्त्री केजरीवालको विषयमा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको बताएका छन् ।
यसअघि जर्मनीले पनि दिल्लीका मुख्यमन्त्रीलाई निष्पक्ष सुनुवाइका लागि अपील गरेको थियो । त्यसपछि भारतले जर्मन दूतावासका उपप्रमुखलाई बोलाएको थियो । जर्मन विदेश मन्त्रालयका प्रवक्ताको भनाइलाई भारतको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै भारतले कडा आपत्ति जनाएको थियो ।
केजरिवाल दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा हाल प्रवर्तन निर्देशनालय (इडी)को हिरासतमा रहेका छन् ।
आम निर्वाचन अघि केजरीवाललाई पक्राउ गरिएको भन्दै सरकारको आलोचना भइरहेका बेला जर्मनी र अमेरिकाले यस विषयमा टिप्पणी गरेका छन् ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts