काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र रुपमा उम्मेद्वारी दिएका सुशील थापाले काठमाडौंको रुपान्तरणका लागि काम गर्ने दावी गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै थापाले महानगरलाई राजनीतिको फोहरी सट्टापट्टाबाट टाढा राखेर रुपान्तरणका लागि काम गर्ने दावी गरेका हुन् ।
लामो समय महानगरको बिकासका लागि धेरै काम गर्ने प्रतिवद्धता आएपनि पुरा हुन नसक्नु दुखद भएको भन्दै उनले अव पार्टीमा सरोकार नराखि महानगरको बिकास गर्नुपर्ने जिकिर गर्नुभयो । उनले सबै दलहरु एकातर्फ र अर्कोतर्फ आफ्नो स्वतन्त्र उम्मेद्वारी रहेकाले सफल हुने उल्लेख गरेका छन् ।
त्यस्तै महानगरकी स्वतन्त्र उम्मेदवार रिङ्कु श्रेष्ठले महानगरका चार प्राथमिकता सेवा र सुरक्षा , वातावरण , बिकास र व्यवसाय तथा संस्कृति र सम्पदा रहेको बताएका थिए ।