जनतासंग गरेका प्रतिवद्धता पुरा गर्छु – उम्मेदवार सिर्जना सिंह

सारांश :

काठमाडौं महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले जनतासंग गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् ।

मंगलबार आफ्नै निवास चाक्सीबारीमा आयोजित कार्यक्रममा सिंहले पार्टीले सार्वजनिक गरेको घोषणापत्र र आफुले सारेका योजनाहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।उनीले राजधानी काठमाडौंंलाई सवैको साझा शहर र सुरक्षित शहर बनाउने दावी गरेका छन् । महिलाले राम्रोसंग घर चलाएसंगै काठमाडौं महानगरलाई सफा सुग्धर तवरले चलाएर देखाउने उनको भनाई छ ।

त्यस्तै कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने भन्दै सिर्जना सिंहलाई जिताउन आह्वान गर्नुभयो । उनिले मुलुकको परिवर्तनमा महिलाहरुले धेरै योगदान गरेको भन्दै अव पदमा रहेर देशका सेवा गर्ने समय आएको धारणा राखेकी छिन् ।

त्यस्तै काठमाण्डौ महानगरकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौं महानगरमा बिकासका धेरै काम अघि बढेको भन्दै यसलाई निरन्तरता दिन सिर्जना सिंहलाई बिजयी गराउनुपर्ने बताएकी छिन् । उनीले काठमाडौंलाई सांस्कृतिक शहरको रुपमा अघि बढाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा अन्य महिला नेतृ, महिला समाजसेवी लगाएतले सिंहलाई शुभकामना दिएकी थिन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!