अहिलेको गठबन्धन चीरस्थायी हुँदैन : नेता पौडेल

सारांश :

काठमाडौं । कांग्रेसका लागि सत्ता ठूलो नभएको नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले बताएका छन् । कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले सत्तामा जान कांग्रेसले हतार गर्न नहुने बताएका हुन् ।

कांग्रेसका लागि सत्ता ठूलो कुरा होइन, पर्खेरमा बसौं, नेपाली कांग्रेसलाई यो देशले आफै सत्तामा पु-याउँछ,’उनले भने,’ त्यसका लागि हतार नगरौं ।

उनले नयाँ गठबन्धन आफै सिद्धिने दावी गरेका छन् । उनले भने,’अहिले जुन गठबन्धन बनेको छ । यो चीरस्थायी हुँदैन । उहाँहरूले आ–आफूबीचमा झगडा गरेर यो गठबन्धन समाप्त गर्नुहुनेछ ।

मुलुकमा देखिएका समस्याहरूलाई समाधान गर्न सके मात्रै पार्टीलाई अगाडि बढाउन सकिने पौडेलले बताएका छन् । उनले नेपालको लोकतन्त्रिक आन्दोलनमाथि देखिएका खतराविरुद्ध लड्न नविन्द्रराज जोशीजस्तै अटल भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!