काठमाडौँ । नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रीक नीति निकै सन्तुलित रुपमा आएको प्रतिक्रिया दिएका छन् ।
केन्द्रीय बैंकले मौद्रीक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै यादवले मौद्रीक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरि मौद्रीक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा राखे ।
शाखाको मर्जरलाई समेत प्राथमिकता दिनेगरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरि नीति आएको उनको भनाइ छ ।
व्याजदर र सेवा शुल्कलाई पुनरावलोकन गरि व्यवस्थीत बनाउने कुरा पनि निकै राम्रो रहेको उहाले बताए । उनले समस्यामा परेका ग्राहकहरुलाई बिशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts