डेढ केजी सुन र नगदसहित ७ जनालाई पक्राउ

सारांश :

काठमाडौंँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । काठमाडौ महानगरपालिका वडा नम्बर २४ दुछेंननी टोलमा केहि व्यक्तिहरुले अवैध सुन कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको कार्यालयको टोलीले १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए ।

उनले पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र दार्चुलाकै २१ वर्षीय आयुष बडू, झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल रहेको बताए । त्यस्तै भारत महाराष्ट्रका ३७ वर्षिया अमोल बिभुते, १८ बर्षिय ऋषिकेश प्रकाश बिभुते र १८ बर्षिय नै गणेश सतिश बाल्टे पक्राउ परेको डिएसपी केसीले जानकारी दिएका दिएका छन् ।

पक्राउ परेका गणेश दत्त बडू यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएक व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!