एमालेमाथि गाली गरेर कांग्रेसले घोषणापत्र जारी गर्यो – अध्यक्ष केपी शर्मा ओली

सारांश :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्र गाली पुराण भएको टिप्पणी गरेका छन् ।

मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार ललितपुरमा आयोजन गरेको कार्यक्रममा उहाले एमालेमाथि तथानाम गाली गरेर कांग्रेसले घोषणापत्र जारी गरेको टिप्पणी गरेका हुन् । कांग्रेसको घोषणापत्रमा संविधाननको केहि बिषय राखिएको र बाँकी बुँदाहरु एमालेको घोषणापत्रबाट चोरिएको उनले आरोप लागेका छन् । उनले कांग्रेसको घोषणापत्र जनताले नपढ्ने भन्दै कांग्रेस चिन्नका लागि पनि एमाले कार्यकर्ताहरुले उसको घोषणापत्र पढ्नुपर्ने जिकिर गरेका छन् । उनले कांग्रेसले राजनीतिक पार्टीको चरित्र नै गुमाउन लागेको तर्क गरे । त्यस्तै ओलीले माओवादीले घोषणपत्र निकाल्नै नसकेको र नेकपा एकीकृत समाजवादीको घोषणापत्र झुटको पुलिन्दा भएको बताएका छन् । उनले टिकट वितरणमा देखिएका बिषयलाई लिएर संयमता नगुमाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । एमालेमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उहाँले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भएपनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको स्मरण पनि गरेका थिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहनको विचारसँग निर्देशित हुँदै र आदर्शलाई पछ्याउँदै एमाले अगाडि बढ्नपर्नेमा जोड दिएका छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!