दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाको आग्रह

सारांश :

काठमाडौँ दिगो विकासका लागि कार्बन बजार प्रवद्र्धन गर्न अफ्रिकाले आग्रह गरेको छ । हरितगृह ग्यास उत्सर्जन कम गर्न र यसको हरित अर्थतन्त्र विकासको लागि थप वित्त परिचालन गर्न द्रुत उपायको रूपमा कार्बन व्यापारलाई प्रवद्र्धन गर्न जोड दिएको हो ।


इथियोपियाको राजधानी अदिस अबाबामा रहेको एयूको मुख्यालयमा कार्बन बजारसम्बन्धी अफ्रिका बहु–स्टेकहोल्डर सम्मेलनमा उक्त टिप्पणी गरिएको हो ।

कार्यक्रममा बोल्दै एयुमा वातावरणीय मुद्दाहरूमा स्थायी प्रतिनिधि परिषद् उप–समितिका अध्यक्ष ह्यारोल्ड सफाले कार्बन बजारले अफ्रिकाको प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न र दिगो औद्योगीकरण र आर्थिक रूपान्तरणलाई गति दिने सम्भावित अवसर प्रश्तुत गरेको बताए ।

संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधि नोनी माफाबुनेले अफ्रिकाले जलवायु प्रभावहरूको असमान बोझ वहन गरिरहेको र जलवायु वित्त हरितगृह ग्यास उत्सर्जन कम गर्ने माध्यम मात्र नभइ महाद्वीपमा लचिलो र दिगो विकासको महत्वपूर्ण सक्षमकर्ता रहेको बताए । 

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!