काठमाडौँ । काठमाडाैंकाे कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा मेयर नकर्मीको उपचारका क्रममा गए राति १०:४० बजे निधन भएको हाे ।
मेयर नकर्मी लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । नकर्मी गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् ।
मेयर नकर्मीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ९ बजेदेखि ११ बजेसम्म कीर्तिपुर नगरपालिका परिसरमा राखिने छ । नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ। उनको आजै अन्त्येष्टि गरिने बताइएकाे छ ।
सम्बन्धित समाचारहरु:
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts