कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सारांश :

काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत प्राप्त गरेका छन् ।

बिहीबार कर्णाली प्रदेशसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि भएको मतबिभाजनका क्रममा कँडेलको पक्षमा २३ मत परेको थियो भने बिपक्षमा ११ मत परेको थियो । त्यस्तै एक सांसद तटस्थ बसेका थिए । कुल ४० सदस्यीय प्रदेश सभामा मतबिभाजनका क्रममा ३५ सांसद उपस्थित थिए । प्रदेशसभाका सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कँडेललाई परेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको घोषणा गरिन् ।

कँडेललाई प्रदेश प्रमुख तिलक परियारले चैत २७ गते कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!