इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

सारांश :

सुनसरी । इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए ।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो । निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर १० हजार नगद हात पारेका थिए । आजको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख पुरस्कार पाउनेछन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Author

  • सुनिता आग्री

    विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।

    View all posts
>
Share This

Share This

Share this post with your friends!