आईपिएल : हैदरावाद आरसिबीसँग ३५ रनले पराजित

सारांश :

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको अंक तालिकाको पुछारमा रहेको आरसिबीले दिएको २०७ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद ३५ रनले पराजित भएको हो


आरसिबीको जितका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए । कोहलीले ४३ बल खेल्दा ४ चौका र १ छक्काको मद्दतमा ५१ रन बनाए । पाटीदारले भने शानदार प्रदर्शन गर्दै २० बलमा अर्धशतक पूरा गरे। हैदरावादका लागि जयदेव उनाडकटले तीन विकेट हात पारे । टि नटराजनले दुई विकेट लिँदा प्याट कमिन्स र मयंक मार्कण्डेले एक एक विकेट लिए ।

२०७ रनको लक्ष्य पछ्याएको हैदरावादको ब्याटिङ लाइन सुरुवातमै धरापमा परेको थियो। आरसिबीका बलरसामु टिक्न नसक्दा सुरुवाती खेलमा शानदार प्रदर्शन गरेको हैदरावाद बिहीबार पराजित भएको हो ।  हैदरवाद पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १७१ रनमा समेटिएको हो ।

हैदरावादको ब्याटिङ लाइनलाई धरापमा पार्न आरसिबीका लागि क्यामरुन ग्रीन, कर्ण शर्मा र स्वप्निल सिंहले समान दुई दुई विकेट हात पारे भने विल ज्याक्स र यश दयालले एक एक विकेट लिए । जितसँगै अंक तालिकाको पुछारमा रहेको आरसिबीले ४ अंक बनाएको छ । आरसिबीसँग पराजित हैदरावाद भने १० अंकसहित तेस्रो स्थानमा कायमै छ । आईपिएल अन्तर्गत शुक्रबार काेलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीच साँझ ७ः४५ बजे खेल हुनेछ ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!