डोटी : जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।
प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
झापामा गत आर्थिक वर्षमा एक हजार एक सय १० नयाँ उद्योग दर्ता
१० वर्षीय बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा फेला
पाँचथरमा चट्याङ लागेर ५४ भेडा मरे
Covid-19: बेइजिङले सहरका केही भागहरूमा सार्वजनिक यातायात तत्काल बन्द
संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
विश्वभर एक दिनमा एक अर्ब डलरको खाना खेर जान्छ