डोटी : जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।
प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
अदालतद्धारा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न आदेश
प्रहरीद्वारा १३ जना मिटरब्याज पीडित नियन्त्रणमा
निर्वाचन आयोगद्वारा बिभिन्न कार्यालयबाट मतदाता परिचयपत्र वितरण
प्रधानमन्त्री ओली र डा.सन्दुक रुइतबीच भेटवार्ता, के भयो कुराकानी ?
ताप्लेजुङ गोल्डकप भदाै ३ गतेदेखि हुने
छिटो छरितो न्याय, सबैका लागि न्याय भन्ने नाराका साथ कानून दिवस मनाइयो