डोटी : जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब चार सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको उनका ससुरा प्रेमबहादुर मल्लले जानकारी दिए ।
प्रहरी, जनप्रतिनिधि, स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरी चौकी गैराले जनाएको छ ।
सम्बन्धित समाचारहरु:
लोकतन्त्रकै मेरुदण्ड मतदान भएकाले यसलाई अवसरको रुपमा लिनुपर्छ -मन्त्री लाल बाबु ...
गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा
द्वन्द्वपीडित सङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
एक वर्षसम्म पनि अरुण तेस्रो प्रवेशमार्गका पीडितकाे रकम आएन
कानून बनाएर व्यवसायीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्नुपर्छः नेता मेटमणि ...
तेश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन चैत्र २८ र २९ गते हुदै