संघीय संसद्का दुवै सदनको बैठक आज

सारांश :

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ। दिउँसो ३ बजे बस्ने प्रतिनिधसभा बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाई समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची छ।

यस्तै विशेष समिति गठनका लागि सांसद ईश्वरी देवी न्यौपानेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम विशेष समिति गठन गरियोस् भनी सदस्यहरूको नामावलीसहितको प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट ‘संवधौनिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफलका लागि पेश गर्ने, विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी पारित गर्ने कार्यसूची रहेको संघिय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए।

दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कायायलयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने छन्। बैठकमा आज ‘सुढृढ अर्थतन्त्र निमार्णको लागि अलपकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निमार्ण गरी प्रभावकारी कार्यन्वयन गर्ने।’ भन्ने विषयको जुरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुनेछ। यो जरुरी महत्त्वको प्रस्तावको प्रस्तावक सांसद मदनकुमारी शाह ‘गरिमा’ हुन्।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितीको प्रतिवेदनसहित ‘अध्यागन विधेयक २०७६ ’ छलफल र पारितका लागि पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!