स्थानीय तहका लागि काठमाडौँ महानगरपालिकाको प्रमुखमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन् ।
सोमबार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसंग कुरा गर्दै उहाले आफ्नो बिकासको योजना देखेर जनताले बिजयी गराउने बताएका छन् । स्थापितले एकीकृत अवधारणा ल्याउने र महानगरभित्रको शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै एमालेका तर्फबाट महानगरको उपप्रमुखमा सुनिता डङ्गोलले पनि उम्मेदवारी दर्ता गराएका थिए । त्यस्तै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले राप्रपाबाट उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दर्तापछि श्रेष्ठले काठमाडौको बिकासका लागि प्रतिवद्ध भएर लाग्ने बताए ।
त्यस्तै विनिया मगैयाले सोही पार्टीका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका छन् ।