आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य

सारांश :

काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ले टी–२० क्रिकेटको पहिलो खेलमा नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमवार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाउँदै नेपाललाई १२१ बनाएको हो ।

आयरल्यान्डका लागि स्टेफन दोनीले ४६ रनको उच्च योगदान दिए । यस्तै थोमस मयस र लियाम म्याकार्थीले दुवैले १६–१६ रनको बनाए । नेपालका लागि गुल्सन झा, ललित राजवंशी र कुशल भुर्तेल तीनै जनाले दुई–दुई विकेट लिए ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!