काठमाडौं । सेयरबजारमा आइतबार दोहोरो अङ्कको गिरावट आएको छ ।
बिहीबार १५.३७ अङ्कले घटेकोको सेयरबजार आज थप १७.०१ अङ्कले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७ सय १३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ ।
आज सर्वाधिक कमाउने कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, बिएनएल र तारागाउँ रिजेन्सी होटल रहे । ती कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढी वृद्धि भयो । मङ्गलबार सर्वाधिक गुमाउनेमा किसान लघुवित्त, अभियान लघुवित्त र बुद्धभूमि हाइड्रो रहे । ती कम्पनीको सेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घट्यो ।
आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक मात्रै २.१९ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूहको उपसूचक ०.४५ र ट्रेडिङ समूहको उपसूचक ०.३० प्रतिशतले बढ्यो । यसैगरी आज लघुवित्त उपसूचक सर्वाधिक २.२५ प्रतिशतले घट्दा विकास बैंक समूहको उपसूचक १.४९ प्रतिशतले घट्यो ।
Author
-
विगत सात वर्षदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न सुनिता आग्री नेपाल दैनिककी संवाददाता हुनुहुन्छ। उहाँले समसामयिक विषयमा विश्लेषण र राजनीतिक, मनोरञ्जन तथा अर्थका विषयहरुमा दखल राख्नुहुन्छ।
View all posts